logoमंगलबार, १० चैत्र २०८२

नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धान सम्बन्धी राष्ट्रिय सम्मेलन हुने

Author
Loading...
समाचार

0

Shares

नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धान सम्बन्धी राष्ट्रिय सम्मेलन हुने

काठमाडौ, चैत ५ । नेपालमा पशु स्वास्थ्य तथा “एक स्वास्थ्य” अवधारणालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल भेटेरिनरी एशोसियसन (एनभीए) को आयोजनामा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन आयोजना हुने भएको छ।

सम्मेलन २०८२ साल चैत २७ र २८ गते रुपन्देहीको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न हुने नेपाल भेटेरिनरी एशोसियसनले जनाएको छ।

वान हेल्थ पाथवेज़ फर सस्टेनेबल लाइभस्टक एण्ड फुड सेक्युरिटी” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले उजागर गर्ने अपेक्षा गरिएको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहनेछ।

सम्मेलनका मुख्य आकर्षणहरूमा विभिन्न प्राविधिक सत्रहरू, अनुसन्धान प्रस्तुतिहरू, प्यानल छलफल तथा अनुभव आदानप्रदान कार्यक्रमहरू समावेश हुनेछन्। सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने र १० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ।

साथै, १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभाव जस्ता विषयमा आफ्नो धारणा राख्नेछन्। यसका साथै विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न “स्टुडेन्ट पोस्टर प्रतियोगिता” तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने एनभीएका महासचिव डा. शंकर न्यौपानेले बताउनुभयो।

 

त्यस्तै, पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी सेवा पुर्‍याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मानका साथै राष्ट्रिय स्तरका सम्मान तथा पुरस्कारहरू प्रदान गरिनेछ ।  

कार्यक्रममा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक तथा प्रविधि प्रदायक संस्थाहरूको सक्रिय सहभागिता रहने आयोजकको दावी छ।

पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिहरूको प्रचारप्रसारको लागी सम्मेलन परिसरमा विविध प्रदर्शनी स्टलहरू हुनेछन। साथै पशु चिकित्सा क्षेत्रमा विकसित नवीनतम प्रविधि, अनुसन्धान तथा व्यवहारिक अभ्यासबारे सहभागीहरूलाई प्रत्यक्ष जानकारी गराइनेछ।

सम्मेलनलाई नेपाल सरकारका विभिन्न निकायहरूका साथै फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ), यु.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी/युएस सोया), नेपाल भेटेरिनरी काउन्सिल तथा अन्य पेशागत एवं व्यवसायिक संघ संस्थाहरूको समेतको सहभागिता रहनेछ।

सम्मेलनका लागि “अर्ली बर्ड रजिस्ट्रेशन” खुला भइसकेको छ। इच्छुक सहभागीहरूले www.vetcon2026.org मार्फत विस्तृत जानकारी लिन तथा दर्ता गर्न सक्नेछन्।

एनभीएका अध्यक्ष डा. केदार सुबेदीले भेटकन २०२६ ले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान र नवीन प्रविधिको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने बताउनुभयो। साथै “एक स्वास्थ्य” अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave