logoबिहिबार, १७ बैशाख २०८३

चितवनमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

Author
Loading...
समाचार

0

Shares

चितवनमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन, चैत १९  । राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ । यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उहाँले बताउनुभयो।

गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा सङ्कलनको काम सुरु गरिने छ । उहाँले भन्नुभयो, “अहिले गुँड पहिचानको काम भइरहेको छ । यस लगत्तै अण्डा सङ्कलनको काम गरिने छ ।” गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उहाँले जानकारी दिनुभयो । यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको हो । रासस

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave