logoबुधबार, ०६ श्रावण २०८३

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

Author
Loading...
समाचार

0

Shares

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन, असार २९ । कृषि, वन तथा पर्यावरण  मन्त्री गिता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको वर्तमान अवस्था, पूर्वाधार, हात्ती संरक्षण तथा व्यवस्थापनका विषयमा जानकारी लिनुभएको थियो। उहाँले केन्द्रको समग्र सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभयो।

मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई 'एलिफेन्ट सेन्चुरी (Elephant Sanctuary)' का रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनको प्रवर्द्धनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले प्राकृतिक वातावरणमै हात्ती संरक्षण, जैविक विविधताको संवर्द्धन तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

उहाँले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave